Logo
Logo

एभरेष्ट बैंकले मनायो ३० औं वार्षिकोत्सव


378
Shares

काठमाडौं । एभरेष्ट बैंकले ३० औं वार्षिकोत्सव भव्यताका साथ मनाएको छ । उक्त्त अवसरमा बैंकको प्रधान कार्यालय, लाजिम्पाटमा रक्तदान कार्यक्रम, बैंकमा लामो समयसम्म सेवा गर्ने कर्मचारीहरुलाई दीर्घ सेवा पदक तथा कदर पत्र वितरण समेत गरेको छ ।

बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत बिभिन्न कार्यक्रम घोषणा समेत गरेको छ । ३० औं वार्षिकोत्सवको अवसरमा काठमाण्डौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ अस्पताललाई भवन निर्माण कार्यका लागि बैंकको तर्फबाट एक करोड रूपैयाँ आर्थिक सहयोग गरेको छ ।

उक्त कार्यक्रममा, एभरेष्ट बैंकका संचालक समितिका अध्यक्ष बालगोपाल बैद्य र प्रमुख कार्यकारी अधिकृतसुदेश खालिङले संयुक्त रुपमा अस्पतालका अध्यक्ष प्रा.डा. भगवान कोइरालालाई चेक हस्तान्तरण गरे ।

यसबाट अस्पताल निर्माणमा थप टेवा पुग्ने र बालबालिकाहरुले सुलभ तथा गुणस्तरीय स्वास्थ सेवा प्राप्त गर्ने बैंकले विश्वास लिएको छ ।

सामाजिक उत्तरदायित्व अन्तर्गतनै बैंकले नेपाल रेडक्रस सोसाइटी, बागबजार काठमाडौंकोे सहकार्यमा रक्तदान कार्यक्रम गरेको छ । उक्त कार्यक्रममा बैंकका कुल ४८ जना कर्मचारीले रक्तदान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्