Logo
Logo

लामिछानेमाथि सहकारी ठगीसँगै संगठित अपराधमा पनि अनुसन्धान गरिने


504
Shares

काठमाडौँ । रास्वपा सभापति पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध सहकारी ठगीका साथै संगठित अपराधमा पनि अनुसन्धान गरिने भएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार दुवै अपराधमा अनुसन्धानका लागि अनुमति लिइएको जानकारी दिएको छ ।

सोही आधारमा कास्की प्रहरीले लामिछानेलाई पार्टी कार्यालयबाट पक्राउ गरेर पोखरातिर हिँडाएको छ । कास्की जिल्ला अदालतले प्रहरीलाई आज शुक्रवार नै पक्राउको अनुमति दिएको हो ।

सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गीतेन्द्रबावु (जीबी) राईसँग मिलेर लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको मुद्दामा जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्