Logo
Logo

पक्राउपछि रविले भने- कुनै अपराध गरेको छैन, राजनीतिक प्रतिशोध साध्न खोजियो


756
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ ।  

सुर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा अनुसन्धान गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएसँगै लामिछानेलाई रास्वपा पार्टी कार्यालय बनस्थलीबाट पक्राउ गरिएको हो । 

सुर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष जीबी राईसँग मिलेर लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको मुद्दा जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ ।

पक्राउ पर्नुअघि पार्टी कार्यालयमा कार्यकर्ता र सञ्चारकर्मीसँग प्रतिक्रिया दिदै लामिछानेले आफूले कुनै अपराध नगर्दा पनि राजनीतिक प्रतिशोध साध्न खोजिएको बताए । उनले न्यायिक प्रक्रियामा सघाउने प्रतिवद्धता समेत जनाए । राजनीतिक पूर्वाग्रहविरुद्ध खुलेर लड्न उनले आग्रह गरे ।  

आफ्नो सम्बोधनपछि रविले पार्टी कार्यालयमा रहेको घन्टी बजाएर प्रहरीसमक्ष आफूलाई समर्पण गरेका थिए । पक्राउ पछि कार्यकर्ताले सरकारविरुद्ध नारावाजी गरेका थिए । पूर्वडिआइजी छविलाल जोशी, राई र लामिछानेले सञ्चालन गरेको गोर्खा मिडिया नेटवर्क बिभिन्न सहकारीबाट ६५ करोड ५४ लाख अवैध तरिकाले आएको सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिको निष्कर्ष छ ।

प्रतिक्रिया दिनुहोस्