Logo
Logo

रास्वपाका उपसभापतिद्वय डीपी र स्वर्णिमसहित नेताहरु पोखरा जाँदै


7.9k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ परेका छन् । शुक्रबार साँझ नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले उनलाई पार्टी कार्यालय वनस्थलीबाट पक्राउ गरेको हो ।

लामिछानेलाई पार्टी कार्यालयबाट प्रहरीले पक्राउ गरेर पोखरातिर हिँडाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता र कार्यकर्ताको ठूलो पंति प्रहरीको गाडीलाई पछ्याउँदै पोखरा लागेका छन् ।

एक नेताका अनुसार रास्वपाका उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्ले दुवै पोखरा जाँदैछन् । स्वर्णिम पहिले नै प्रस्थान गरिसकेको बुझिएको छ । रास्वपाका अधिकांश पदाधिकारीहरू प्रहरीको गाडी पछिपछि हिँडेका छन् ।

रविकी पत्नी निकिता पौडेल पनि पोखरा जाँदैछिन् । रास्वपाको युवा दस्ता (र्यापिड एक्सन टीम) पनि रविप्रति समर्थन जनाउन पोखरा जाने भएको छ । यसका लागि गाडीहरूको बन्दोवस्त मिलाउने काम भइरहेको स्रोतले बतायो ।

प्रतिक्रिया दिनुहोस्