Logo
Logo

रास्वपाले काठमाडौं र पोखरामा प्रदर्शन गर्दै


882
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउविरुद्ध पार्टीले काठमाडौं र पोखरामा प्रदर्शन गर्ने भएको छ । रास्वपाले शनिबार बिहान ११ बजे पोखरा चिप्लेढुंगा र दिउँसो १ काठमाडौंमा माइतिघर मण्डलमा ‘राजनीतिक प्रतिशोधविरुद्धको ऐक्यबद्धताका लागि’ भन्दै विरोध प्रर्दशन गर्ने जनाएको छ ।

शुक्रबार साँझ रास्वपाको पार्टी कार्यालय वनस्थलीबाट उनलाई प्रहरीले पक्राउ गरेर पोखरा लगिएको थियो । सडकमार्ग हुँदै शनिबार बिहान ३ बजे पोखरा पुराइएका लामिछानेलाई अहिले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएको छ ।

जिल्ला अदालत कास्कीले उनीसहित १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । रविविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीले संगठित अपराध र सहकारी ठगीमा मुद्दा चलाउनेछ । आज शनिबार भएकाले रविलाई भोलि आइतबारमात्रै अदालतमा उपस्थित गराइने भएको छ ।

प्रतिक्रिया दिनुहोस्