Logo
Logo

रवि लामिछाने पक्राउको प्रतिरोधमा पोखरा र काठमाडौंमा रास्वपाको प्रदर्शन


504
Shares

काठमाडौं । सभापति रवि लामिछाने पक्राउको प्रतिरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज पोखरा र काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।

रास्वपाले बिहान ११ बजे पोखरा चिप्लेढुंगा र दिउँसो १ काठमाडौंमा माइतिघर मण्डलमा ‘राजनीतिक प्रतिशोधविरुद्धको ऐक्यबद्धताका लागि’ भन्दै विरोध प्रर्दशन गरेको छ । प्रदर्शनमा रास्वपा नेता कार्यकर्ताहरु सहभागी थिए ।

सहकारीको बचत ठगी आरोपमा शुक्रबार पार्टी कार्यालय वनस्थलीबाट रवि लामिछानेलाई प्रहरीले पक्राउ गरेर पोखरा लगिएको थियो । सडक मार्ग हुँदै रविलाई शनिबार बिहान ३ बजे पोखरा पुराइएको थियो ।

जिल्ला अदालत कास्कीले उनीसहित १४ जनाविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो । रविविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीले संगठित अपराध र सहकारी ठगीमा मुद्दा चलाउने तयारी गरेको छ । आज शनिबार भएकाले भोलि रविलाई अदालतमा पेश गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्