Logo
Logo

सुडानमा ३० लाखभन्दा बढी मानिस हैजाको जोखिममा


एजेन्सी

252
Shares

खार्तुम । संयुक्त राष्टसंघीय बाल कोष (युनिसेफ) ले शुक्रबार सुडानमा ३० लाखभन्दा बढी मानिसहरु हैजाको जोखिममा रहेको जनाएको छ ।

युनिसेफले पाँच वर्ष मुनिका छ लाख बालबालिकासहित करीव ३० लाख मानिसहरु हैजाको जोखिममा रहेको सामाजिक सञ्जाल एक्स मार्फत जनाएको हो । युनिसेफका अनुसार सुडानमा सन् २०२३ अप्रिलमा भएको आन्तरिक द्वन्द्वका कारण अत्यावश्यक खोपको उपलब्धता ८५ प्रतिशतबाट घटेर करिब ५० प्रतिशतमा झरेको छ ।

द्वन्द्व प्रभावित क्षेत्रका ७० प्रतिशतभन्दा बढी अस्पतालहरु बन्द रहेको तथा अग्रपङ्क्तीमा रहेर स्वास्थ्य सेवा प्रधान गर्ने स्वास्थ्य अधिकारीलाई महिनौँ देखि तलव भुक्तानी नगरिएको यसनिसेफले जनाएको छ । आन्तरिक द्वन्द्व सुरु भएदेखि हैजा, मलेरिया, र डेङ्गुु ज्वरोजस्ता महामारी रोगहरू फैलिदा सयौँको मृत्यु भएको छ ।

सुडानको स्वास्थ्य मन्त्रालयले अगस्टमा देशमा हैजाको प्रकोप घोषणा गर्दै द्वन्द्व र अशुद्ध पानीको प्रयोग तथा बिग्रिदो वातावरणीय अवस्था हैजा फैलावटको कारण भनेको थियो ।

प्रतिक्रिया दिनुहोस्