Logo
Logo

ओली नेतृत्व सरकार भ्रष्टाचारीलाई बचाउन बनेको हो: मिलन लिम्बू 


2.5k
Shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मिलन लिम्बूले केपी शर्मा ओली नेतृत्व सरकार भ्रष्टाचारीलाई बचाउन बनेको आरोप लगाएका छन् ।  माइतीघरमा रवि लामिछानेको समर्थनमा प्रदर्शनमा बोल्दै लिम्बूले ओली सरकारले जो कसैलाई पनि भ्रष्टाचारको आरोपमा पक्राउ गरेर फसाउन सक्ने बताएका हुन् । 

उनले भने, ‘यो ओली सरकार भनेको भ्रष्टाचारीलाई जोगाउन बनेको सरकार हो । तपाई हामी अहिले यसरी बोल्दै छौं । जुनसुकै समयमा हामीलाई पनि भ्रष्टाचारको आरोपमा पक्राउ गरेर फसाउन सक्छ ।’

उनले सहकारी ठगी प्रकरणमा पार्टी सभापति रवि लामिछानेको कुनै संलग्न नरहेको बताए । नेता लिम्बूले रविलाई पक्राउ गर्नुपर्ने कुनै कारण र प्रमाण नभएको बताए । उनले भने, ‘रवि लामिछानेलाई पक्राउ गर्नुपर्ने कुनै कारण छैन । कुनै आधार र मुद्दा छैन ।’

नयाँ शक्तिको उदयले गर्दा भ्रष्टाचारी, बेथितिको विरोध गर्ने डरले रविमाथि राजनीतिक प्रतिसोध साधेको उनले बताए । 

प्रतिक्रिया दिनुहोस्