Logo
Logo

टाउकोमा गोली लागेर स्वयम्भुका असईको मृत्यु, आत्महत्याको आशंका


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ११ जेठ ।
महानगरीय प्रहरी वृत्त स्वयम्भमा कार्यरत असई विष्णु प्रसाद कार्कीको टाउकोमा गोली लागेर मृत्यु भएको छ । उनले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।


उनको दाहिने कञ्चटमा गोली लागेको छ । पेस्तोलबाट गोली प्रहार भएको छ । जुनियर प्रहरी अधिकृतको ब्यारेकमा गोली चलेको आवाज आएपछि हेर्दा उनी मृत भेटिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्