Logo
Logo

रवि लामिछानेप्रति पूर्ण सहानु्भूति : डा. बाबुराम भट्टराई


945
Shares

पोखरा । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेप्रति आफ्नो पूर्ण सहानु्भूति रहेको बताएका छन् ।

पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष भट्टराईले निर्दोष कसैलाई पनि फसाइन नहुने भन्दै भने, ‘रविजी वैकल्पिक राजनीति गर्ने भनेर आउनुभएको छ । उहाँको राम्रो होस् भन्ने कामना गर्छु । जुन ढंगले उहाँलाई आरोप लगाइएको छ, त्यसमा सत्यता नभए पनि यो प्रक्रियाको निरुपणमा म सघाउँछु भनेर आफैंले बोलिसक्नु भएको हुनाले उहाँप्रति मेरो पूर्ण सहानुभूतिका साथ यसलाई उहाँले पार गर्नुहुनेछ । यो प्रक्रियालाई टुंग्याउँछु भन्नुभएको छ भन्ने लाग्छ ।’

लोकतन्त्रमा विधिको शासन हुने भएकाले ठूलो सानो जो भए पनि दोषी देखिए कारबाही हुनुपर्ने उनले बताए । ‘हाम्रो पार्टीको धारणा चाहिँ के हो भने लोकतन्त्र भनेको विधिको शासन हो । पारदर्शिता हुनुपर्छ । विधिको शासनमा चल्नुपर्छ’, उनले भने, ‘ठूलो सानो जो कोही भए पनि कसैलाई पनि अन्याय गर्न मिल्दैन । कोही निर्दोष छ भने फसाइनु हुँदैन ।’

प्रतिक्रिया दिनुहोस्