Logo
Logo

नेपाल र अमेरिकाबीचको खेल सुपरओभरमा


315
Shares

काठमाडौं । टी–२० आई शृङ्खला अन्तर्गत नेपाल र अमेरिकाबीचको दोस्रो खेल बराबरीमा रोकिएको छ । डल्लासमा भएको दोस्रो खेलमा नेपालले दिएको १ सय ७१ रनको रक्ष्य पछ्याएको अमेरिकाले निर्धारित ओभरमा ८ विकेट गुमाएर १७० रन नै बनाउँदा खेल बराबरीमा रोकिएको हो ।

नेपालका लागि कुशल भुर्तेलले अर्धशतक खेले । उनले जम्मा ५४ बलमा ९४ रन बनाएका थिए । त्यस्तै नेपालका ओपनर ब्याट्सम्यान अनिल साहले ३१ ब्लमा २५ रन बनाए भने भने गुलशन झा १९ र कप्तान रोहित पौडेलले १८ रन जोडे। त्यसबाहेक अन्य खेलाडीले भने दोहोरो रन बनाउन सकेनन् ।

अमेरिकाका लागि जसदिप सिंह र नोसथस केनिज्गले समान २/२ विकेट लिए भने सौरभ नेत्रवालकरले १ विकेट हात पारे। यता, आन्द्रेस गौसले सर्वाधिक ६२ रन जोडे भने साइतेजा मुक्कमलाले ४७ रन बनाए। त्यस्तै मिलिन्द कुमारले १५ र सायन जहागिरले १४ रन जोडे।

नेपालका लागि करण केसीले सर्वाधिक ३ विकेट लिए भने सोमपाल कामीले २ विकेट हात पारे। त्यस्तै सागर ढकाल र दिपेन्द्र सिंह ऐरीले समान १÷१ विकेट हात पारे ।

प्रतिक्रिया दिनुहोस्