Logo
Logo

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकलाई हार्ड रक क्याफेमा विषेश छुट


252
Shares

काठमाडौं, ०४ कार्तिक । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडका ग्राहकलाई ‘हार्ड रक क्याफे’मा विषेश छुट पाइने भएको छ ।

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (एनआईएमबी) लिमिटेड र ‘हार्ड रक क्याफे’, काठमाडौंबीच भएको सम्झौतामा एनआईएमबीका ग्राहकलाई फुड एण्ड बेवरेज (नन अल्कोहोलिक) मा १० प्रतिशत विषेश छुट दिने भएको छ ।

छुट लिनका लागि ग्राहकले एनआईएमबी डेबिट/क्रेडिट कार्ड वा एनआईएमबी स्मार्ट एप (मोबाईल बैंकिङ) मार्फत भुक्तानी गर्नुपर्ने हुन्छ ।

ग्राहकवर्गहरुलाई डिजिटल माध्यम प्रयोग गरि भुक्तानी प्रोत्साहन गर्न विभिन्न छुट तथा सुविधाहरु बैंकले दिदै आएको छ । छुटको विवरण बैंकको आधिकारिक वेवसाइटमा उपलब्ध छ ।

प्रतिक्रिया दिनुहोस्