Logo
Logo

भीम रावलसहित तीन जनासँग स्पष्टीकरण सोध्ने एमालेको निर्णय


7.6k
Shares

काठमाडौं । नेकपा एमालेले भीम रावल सहित तीन जनासँग स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

आइतबार बसेको सचिवालय बैठकले पार्टी निर्णय बिपरीत सार्वजनिक अभिव्यक्ति दिएको भन्दै पूर्व उपाध्यक्ष रावललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए ।

त्यस्तै, केन्द्रीय कार्यालय भवन निर्माणबारे पार्टीले गरेको निर्णय विपरीत सार्वजनिक अभिव्यक्ति दिएका स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमिल्सिनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्