Logo
Logo

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको सीईओ दीपप्रकाश पाण्डे


441
Shares

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको सीईओमा दीपप्रकाश पाण्डे नियुक्त भएका छन् ।

कम्पनी सञ्चालक समितिको असोज १ गते बिहिबारका दिन बसेको बैठकले पाण्डेलाई आगामी चार वर्षका लागि सीईओ नियुक्त गरेको हो । 

पाण्डेकै अगुवाईमा स्थापना भएको शिखर इन्स्योरेन्स कम्पनी निर्जीवन बीमा व्यवसायको पायोनियर कम्पनी हो । उनकै नेतृत्वमा शिखरले सर्वाधिक बीमा शुल्क आर्जनदेखि अन्य सूचकहरुमा पनि आफूलाई एक नम्बरमा उभ्याउन सफल भएको छ ।
 

प्रतिक्रिया दिनुहोस्