Logo
Logo

जनमतले तोक्यो विभिन्न देशकाे इन्चार्ज


441
Shares

काठमाडौं । जनमत पार्टीले आन्दोलनका लागि तयार रहन नेता कार्यकर्तालाई निर्देशन दिएको छ । आइतबार बसेको पार्टी सचिवालय बैठकले देशको अवस्था विषम बन्दै गएको भन्दै यस्तो निर्देशन दिएको हो ।

साथै, बैठकले मंसिरमा हुने स्थानीय तहको उपनिर्वाचनका लागि जिल्ला इन्चार्जको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय गरेको छ । समितिमा निर्वाचन हुने वडा र पालिकाको केन्द्रीय समिति सदस्य, राष्ट्रिय परिषद् सदस्य, प्रदेश सदस्य, पालिका अध्यक्ष, पालिका पूर्वअध्यक्ष, वडा अध्यक्ष र पूर्वअध्यक्षहरू निर्वाचन समितिमा रहनेछन् ।

निर्वाचन परिचालन समितिले कात्तिक १४ गतेसम्म उम्मेदवारको नाम सिफारिस गरेर केन्द्रीय सचिवालयमा पठाउने निर्णय पनि गरेको जनमतले जनाएको छ ।

यस्तै, गैरआवासीय मधेसी संघको सदस्यता निश्चित गर्न, सदस्यता शुल्क र लेवी नियमित गर्न, अधिवेशनका लागि मतदाता सूची तय गर्नका लागि संगठन विभागलाई जिम्मेवारी दिइएको जनमतले जनाएको छ ।

साथै, गैरआवासीय मधेसी संघ मातहतका प्रायः देशका समितिहरूमा विवाद रहेकोले सम्पूर्ण समितिहरू भंग गरी तत्कालका लागि हरेक देशका लागि इन्चार्ज तोक्ने निर्णय पनि जनमतले गरेको छ ।

कपलेस्वर यादवलाई मलेसिया समितिको संयोजक तोकिएको छ । यस्तै, कासिन्द्र पासमानलाई साउदी अरब, प्रमोदकुमार ठाकुरलाई कतार, सद्दाम अंसारीलाई संयुक्त अरब इमिरेट्स र अरबिन्द साहलाई कुवेतको इन्चार्ज तोकिएको छ ।

यस्तै, अनील यादवलाई अमेरिका र बाँकी रहेका देशहरूको प्रवास समितिको संयोजक श्यामबाबु महतो तोकिएको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्