Logo
Logo

साफ महिला च्याम्पियनसिपमा आज नेपाल र माल्दिभ्स भिड्दै


441
Shares

काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबलअन्तर्गनको दोस्रो खेलमा नेपालले आज माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजे सुरु हुनेछ ।

नेपाल पहिलो खेलमा भुटानसँग गोलरहित बराबरीमा रोकिँदा माल्दिभ्स श्रीलंकासँग १–० ले पराजित भएको छ । समूहमा नेपालको १ अंक छ भने माल्दिभ्सअंकविहीन छ । यो खेल सेमिफाइनल पुग्नका लागि निकै महत्वपूर्ण छ ।​

तुलानात्मक रुपमा नेपालभन्दा माल्दिभ्स कमजोर मानिएको छ । तथापि फिनिसिङको समस्या दोहोरिए नेपालकै लागी सेमिफाइनलमा पूग्न कठिन पर्नसक्छ ।​

बराबरीले नेपाललाई बेफाइदा हुनेछ भने जितले सेमिफाइनलको बाटो सहज हुनेछ । तालिकामा श्रीलंका ३ अंकसहित पहिलो स्थानमा रहँदा भुटान र नेपालको १–१ अंक छ । नेपाल गएका ६ वटा संस्करणमा ५ वटामा उपविजेता र एउटामा सेमिफाइनलमा रोकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्