Logo
Logo

टी-२० सिरिज : नेपालद्वारा अमेरिकाविरुद्ध क्लिनस्वीप


252
Shares

काठमाडौं । नेपालले अमेरिकाविरुद्धको तीन खेलको टी–२० आई सिरिज क्लिनस्वीप गरेको छ । सोमबार भएको तेस्रो खेलमा पनि अमेरिकालाई ८ विकेटले पराजित गर्दै नेपालले सिरिज नै क्लिनस्वीप गरेको हो ।

यसअघि पहिलो खेलमा अमेरिकाविरुद्ध १७ रनको जित निकालेको थियो भने दोस्रो खेल सुपरओभरमा जितेको थियो । आज भएको अन्तिम खेलमा अमेरिकाले दिएको १५७ रनको लक्ष्य नेपालले १८.४ ओभरमा २ विकेट गुमाएर पूरा गर्दै सिजिर क्लिनस्वीप गरेको हो ।

नेपालका आसिफ शेख ५० र अनिल शाह १३ रनमा आउट हुँदा कुशल मल्ल ४४ र कुशल भुर्तेल ४० रनमा अविजित रहे । अमेरिकाका जुवानाय ड्राइसडेल र जसदीप सिंहले एक÷एक विकेट लिए ।

अमेरिकाका लागि सैतेजा मुक्कामल्लाले ६८, मिलिन्ड कुमारले ४३, आरोन जोन्सले १३ रन र हरमीत सिंहले १० रन जोडे । अरु ब्याटरले दोहोरो अंक जोड्न सकेनन् । नेपालका सोमपाल कामीले तीन, रिजन ढकाल र ललित राजवंशीले एक÷एक विकेट लिए ।
ी ?

प्रतिक्रिया दिनुहोस्