Logo
Logo

अध्यादेश ल्याएर हिटलर बन्न खोजे ओलीको पतन हुने निश्चित : माधव नेपाल


सुर्य बिसी

1.4k
Shares

कपिलवस्तु । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव नेपालले वर्तमान केपी ओली नेतृत्वको सरकारले दल विभाजनको अध्यादेश ल्याए सरकार आफैँ अप्ठ्यारोमा पर्ने बताएका छन् ।

एकीकृत समाजवादी लुम्बिनी प्रदेश कमिटीले सोमबार कपिलवस्तुमा आयोजना गरेको बिस्तारित बैठकलाई सम्बोधन गर्दै नेता नेपालले सरकारलाई चुनौती दिँदै भने, ‘सरकारले बिकासका काम गरोस् । सुशासनको काम गरोस् । रोजगारी बढाउने काम गरोस् । राम्रो काममा ध्यान देओस् । तर दल बिभाजन गर्ने अध्यादेश ल्याएर हिटलर बन्न खोजे पतन हुने निश्चित छ ।’

विस्तारित बैठकलाई सम्बोधन गर्दै नेता नेपालले पार्टीले महाधिवेशनबाट समाजवादी दस्तावेज समेत पारित गरेको बताउँदै पार्टी निर्माणमा सक्रिय हुन कार्यकर्तालाई निर्देशन समेत दिए ।

प्रतिक्रिया दिनुहोस्