Logo
Logo

कांग्रेसका भेषबहादुर गण्डकीको वनमन्त्री नियुक्त


378
Shares

पोखरा । लमजुङका प्रदेशसभा सदस्य भेषबहादुर पौडेल गण्डकी प्रदेश सरकारको वन तथा वातावरण मन्त्री नियुक्त भएका छन् ।

स्वतन्त्र सांसद दीपक मनाङेले पदबाट राजीनामा दिएपछि यो मन्त्रालय खाली थियो । मनाङले प्रदेश सरकारप्रति असन्तुष्ट जनाउँदै केही दिनअघि मन्त्री पदबाट राजीनामा दिएका थिए ।

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कांग्रेस सांसद पौडेललाई आज वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिएका हुन् । मन्त्री पौडेलले आजै अपरान्ह ४ बजे सपथ लिने कार्यक्रम तय भएको छ ।

प्रतिक्रिया दिनुहोस्