Logo
Logo

प्रदेश सरकारले चासो नदिएपछि मौलापुर नगरपालिकाले थाल्यो सडकको स्तरोउन्नती 


252
Shares

रौतहट । मधेस प्रदेश सरकार मातहत रहेको रौतहटको ‘औरैया–बंकुल–सोनरनिया–सितलपुर–हिमालीबास सडक’ मौलापुर नगरपालिकाले सडक स्तरोउन्नती गरिरहेको छ । 

मधेस प्रदेश सरकारले सो सडक मर्मत गरेर स्तरोउन्नती गर्न चासो नदिएपछि सर्वसाधारण यात्रुलाई आवतजावतमा कठिनाइ भोग्दै आएका छन् । मौलापुर नगरपालिकाका मेयर रिनाकुमारी साहलाई स्थानीयले सडक मर्मतका लागि गुनासो गरेपछि उनले सो सडक मर्मत गरेर स्तरोउन्नती गर्न लागेका छन् । 

मधेस प्रदेश सरकार मातहत रहेको सो सडक मर्मत गर्नका लागि पटक पटक आग्रह गर्दा समेत कुनै सुनुवाइ नभएपछि मौलापुर नगरपालिकाले रोलर, ग्रेडर, पानीट्यांकी प्रयोग गरेर मर्मत गर्न थालेकोमा स्थानीय खुसी भएका छन् । 

दीपावली, छठ पर्व नजिकिँदै गइरहेको बेला सो पर्व आउनुभन्दा अघि गाउँघर सफा गर्ने, सडक सरसफाइ, मर्मत एवं सिँगारिने काम मधेसमा हुने गरेको छ । 

‘औरैया–बंकुल–सोनरनिया–सितलपुर–हिमालीबास सडक’ बिग्रँदै गइरहेकाले र ठाउँ ठाउँमा भत्केकाले निर्माण गर्नुपर्ने आवश्यकता रहेको थियो । सर्वसाधारण यात्रुका साथै स्थानीयले समेत यसबारेमा गुनासो गर्दै आएका थिए । 

सर्वसाधारण यात्रुका साथै स्थानीयले गरेको गुनासो सम्बोधन भएकोमा मौलापुर नगरपालिकाका मेयर साहलाई उनीहरूले धन्यवाद दिए छन् ।

जनताको दैनिक दुःख दर्दलाई आत्म बोध गर्दै बाध्य भएर मौलापुर नगरपालिकाले सडक मर्मत गर्न थालेपछि स्थानीयका साथै सर्वसाधारणलाई आवतजावतमा सहज हुने देखिन्छ ।

मधेस प्रदेशका अर्थमन्त्री जितेन्द्र यादवको आफ्नै निर्वाचन क्षेत्रमा सो सडकको अवस्था यस्तो दुर्दशापूर्ण रहनु र यति दिन बितिसक्दा समेत केही वास्ता नगरिएकोमा स्थानीय आक्रोशित बनेका छन् । 

चाडपर्वको समयमा आवतजावत गर्न निकै कठिनाइ भएकाले सो सडक मर्मतका लागि पहल गरिदिन सर्वसाधारणले आग्रह गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्