Logo
Logo

अर्थमन्त्री अमेरिका प्रस्थान गर्दै


378
Shares

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को वार्षिक बैठकमा भाग लिन आज राति अमेरिकाको वासिङटन डिसीतर्फ प्रस्थान गर्ने भएका छन् ।

वासिङटन डिसी र न्यूयोर्कमा रहँदा अर्थमन्त्री पौडेलले द्विपक्षीय तथा बहुपक्षीय भेटवार्ता गर्ने कार्यक्रम तय भएको उनको सचिवालयले जनाएको छ । उनी कात्तिक दोस्रो साता स्वेदश फर्किने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्