Logo
Logo

अदालतले रवि लामिछानेलाई बुधबार छोड्छ : सन्तोष परियार


3.2k
Shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले अदालतले पार्टी सभापति रवि लामिछानेलाई बुधबार छोड्ने दाबी गरेका छन् ।

सोमबार पोखरामा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रमुख सचेतक परियारले अदालतप्रति रास्वपाको उच्च सम्मान रहेको भन्दै बुधबार अदालतले लामिछानेलाई जेलमा राखेर अनुसन्धान गर्नुपर्दैन भनेर छोड्ने बताए ।

परियारले नेपालको इतिहासमा खासखास समयमा अदालतले न्याय सम्पादन गरेको बताए । सरकारले अदालतको न्यायप्रणालीलाई बिगार्ने काम गरेको आरोप लगाए । पोखरामा बाहिरबाट पार्टीका कार्यकर्ता नआएको उनले बताए ।

‘अदालतप्रति रास्वपाको उच्च सम्मान छ । नेपालको इतिहासमा खासखास समयमा अदालतले न्याय सम्पादन गरेको छ । सरकारले अदालतको न्यायप्रणालीलाई बिगार्ने काम गरेको छ’, प्रमुख सचेतक परियारले भने ।

सरकारविरुद्ध लामिछानेलाई रिहाइ गर्ने आन्दोलनमा पोखरावासीको साथ आवश्यक रहेको उनले बताए बताए ।

प्रतिक्रिया दिनुहोस्