Logo
Logo

रविको बचाउमा आज पनि पोखरामा रास्वपाको प्रदर्शन


378
Shares

काठमाडौं । सहकारी काण्डमा आफ्ना सभापति पक्राउ परेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पोखरामा दैनिक विरोध प्रदर्शन गरिरहेको छ । गत शुक्रबार पार्टी सभापति रवि लामिछाने पक्राउ परेपछि विरोधमा उत्रिएको रास्वपाले आज पनि पोखरामा प्रदर्शन गर्ने भएको हो ।

पार्टीका उपसपभाति डोलप्रसाद (डीपी) अर्यालले आज कात्तिक ६ गते मंगलबार दिउँसो १ः३० बजे पोखराको जिरो किमि भन्ने स्थानमा ‘राजनीतिक प्रतिशोधविरुद्धको ऐक्यबद्धताका लागि’ कार्यक्रम गरिने जानकारी दिएका हुन् ।

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरण अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई यही कात्तिक ३ गते पक्राउ गरेको हो । काठमाडौंबाट पक्राउ परेका लामिछाने हाल कास्की प्रहरीको हिरासतमा छन् ।

प्रतिक्रिया दिनुहोस्