Logo
Logo

संसदीय समितिका सभापति र दलका प्रमुख सचेतकलाई सभामुखले छलफलमा बोलाए


378
Shares

काठमाडौं । सभामुख देवराज घिमिरेले संसदीय समितिका सभापति र प्रमुख दलका प्रमुख सचेतकहरूलाई छलफलका लागि बोलाएका छन् । सभामुख घिमिरेले विधेयकमा दफाबार छलफल अघि बढाउने विषयमा छलफल गर्न संसदीय समितिका सभापति र दलका प्रमुख सचेतकहरूलाई आज बिहान साढे ११ बजे बोलाएका हुन् ।

संसद्को आगामी अधिवेशनमा बिजनेस अभाव नहोस् भनेर सभामुखले सभापतिहरूलाई अहिले बिहान ११ः३० बजे छलफलमा बोलाएको उनका सचिवालयले जनाएको छ । अधिवेशन नभएको अवस्थामा सांसदहरू उपत्यकाबाहिर हुने र समितिको बैठकमा गणपूरक संख्या (कोरम) पु¥याउन पनि कठिन भएको गुनासो सम्बन्धित समितिका सभापतिहरूले सभामुखसँग गरेका छन् ।

त्यसैले आज सभामुखले दफाबार छलफलका लागि विधेयक रहेका राज्य व्यवस्था तथा सुशासन समिति, पूर्वाधार विकास समिति शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानुन, न्याय तथा मानव अधिकार समिति र अर्थ समितिका सभापतिहरूसहित प्रमुख दलका प्रमुख सचेतकहरूसँग बैठक गर्न लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्