Logo
Logo

रुपन्देशीमा छविलाल जोशीको बयान सुरु


630
Shares

फाइल तस्बिर

काठमाडौं । पूर्वडीआईजी छविलाल जोशीको बयान लिन सुरु भएको छ । सूर्यदर्शन सहकारीसँगै बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा समेत अनुसन्धान गर्नुपर्ने भएकाले कास्की प्रहरीको हिरासतमा रहेका जोशीलाई सोमबार साँझ भैरहवा ल्याइ आजबाट जिल्ला सरकारी कार्यालय रुपन्देहीमा बयान लिन थालिएको हो ।

जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीमा केही बेर अघिदेखि बयान सुरु भएको रुपन्देही एसपी रञ्जित सिंह राठौरले जानकारी दिए । उनलाई सरकारी वकिल कार्यालयमा न्यायाधिवक्ता प्रेम राज पौडेल, इलाका प्रहरी कार्यालय बुटवल डीएसपी विजय राज पण्डित, अनुसन्धान अधिकृत लगायतको उपस्थितिमा बयान लिने काम भइरहेको छ ।

बुटवलको सुप्रिम सहकारीको रकम हिनामिना छविलाल पनि जोडिएपछि कास्की प्रहरीले अनुसन्धानका लागि बयान लिन रुपन्देहीमा पठाएको हो । उनको बयान सकेर आज या भोलि कास्की पठाउने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्