Logo
Logo

अदालतभित्रै रविको ओलीविरुद्धको अभिव्यक्तिले सिडिओ र प्रहरी तनावमा


1.8k
Shares


काठमाडौं । सहकारी ठगी प्रकरणमा  पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई अदालतमा उपस्थित गराउँदा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दिएको अभिव्यक्तिले अहिले कास्कीका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई तनाव भएको छ।

सुरक्षा कमजोरी भएकोबारे गृहमन्त्री रमेश लेखकले कास्कीका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई सोधपुछ गरी सचेत गराएका छन् । 

म्याद थपका लागि अदालतमा उपस्थित गराउने  क्रममा लामिछानेले पत्रकारसँग प्रधानमन्त्री केपी शर्मा ओलीलाई भ्रष्टाचारको जगमा उभिएको नेता भनेका थिए ।

लामिछानेलाई काठमाडौंमा पक्राउ गरेर कास्की लगिएपछि नै राजनीतिको मुख्य केन्द्र बनेको छ । देशभरिका मिडिया यतिवेला पोखरा केन्द्रित भएका छन् ।

उता, आफ्नो सभापति पक्राउ परेपछि राजनीतिक प्रतिशोधको विरुद्धमा लडाइँ लड्ने भन्दै रास्वपाका मुख्य नेतादेखि कार्यकर्ताहरु पनि पोखरामा नै भेला भएका छन् । कास्कीको सुरक्षा अवस्था संवेदनशील बनेको छ। प्रहरी पनि ठूलो मात्रामा परिचालित छ ।

कास्कीको प्रशासनिक कमान्ड सिडिओ भरतमणि पाण्डे र सुरक्षाको कमान्ड एसपी श्यामबाबु ओलियाले सम्हालेका छन् । पाण्डे गत जेठबाट नै कास्कीको सिडिओको रूपमा कार्यरत छन् । एसपी ओलिया भने हालै कास्की पुगेका हुन् । 

अहिले सिडिओ पाण्डे र एसपी ओलिया केन्द्र सरकारको निगरानीमा परेका छन् । रविलाई म्याद थप गर्न जिल्ला अदालत लैजाने क्रममा सुरक्षा कमजोरी भएको केन्द्र सरकारको निष्कर्ष छ । 

सिडिओ पाण्डेले पनि जिल्लाको शान्ति तथा सु(व्यवस्था कायम राख्ने सवालमा नेतृत्वदायी भूमिका खेल्न नसक्ने निष्कर्षमा गृह प्रशासन पुगेको छ । उनलाई पनि एसपी ओलियासँगै फिर्ता बोलाउनेगरि गृहकार्य भएको छ । 

प्रतिक्रिया दिनुहोस्