Logo
Logo

बीपी राजमार्ग अन्तर्गत सिन्धुली-रामेछाप जोड्ने बेलिब्रिज पुनः सञ्चालनमा


567
Shares

काठमाडौं । भारी वर्षापछिको बाढी-पहिरोले बगाएको बीपी राजमार्ग अन्तर्गत सिन्धुली-रामेछाप जोड्ने बेलिब्रिज पुनः सञ्चालनमा आएको छ ।

सुनकोशी नदीको बाढीले बगाएको रामेछापतर्फ जोड्ने बेलिब्रिजको एउटा खण्डमा प्राविधिक एवम् नेपाली सेनाको टोलीले बेलिब्रिज निर्माण गरेसँगै मंगलबारदेखि सञ्चालन आएको हो ।

उक्त बेलिब्रिज निर्माण कार्यमा खटिएका प्राविधिक एवम् नेपाली सेनाको टोलीलाई भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले मंगलबार सम्मान गरेका छन् ।

मंगलबार बीपी राजमार्ग अन्तर्गत सिन्धुली एवम् रामेछापको सडक अनुगमन गर्दै पुल निरीक्षणका लागि पुगेका मन्त्री दाहालले विपत्तिका कारण अवरुद्ध भएको यातायात सञ्चालनका लागि खटिने सबै पक्ष धन्यवादको हकदार रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्