Logo
Logo

युनिलिभर नेपालद्वारा प्रधानमन्त्री उद्धार कोषमा ५० लाख रुपैयाँ हस्तान्तरण


252
Shares

काठमाडौँ । युनिलिभर नेपालले बाढीपहिरो पीडितहरुका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।

युनिलिभर नेपालका प्रबन्ध निर्देशक/सीईओ अम्लान मुखर्जी र संस्थापक साझेदार रविभक्त श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर ५० लाखको चेक हस्तान्तरण गरेका छन् ।

युनिलिभर नेपालले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय मार्फत राहतको आवश्यकतामा परेका जनताहरूलाई दैनिक सरसफाईका सामग्री पनि उपलब्ध गराएको छ ।

युनिलिभर नेपाल आफ्नो समुदायमा सकारात्मक प्रभाव पार्ने उद्देश्यबाट प्रेरित रहेको उल्लेख गर्दै नेपाली जनताको आवश्यकताको घडीमा साथ दिई समुदायको हित र विकासमा योगदान पु¥याउने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्