Logo
Logo

भीम रावलसहित तीन नेतालाई ७ दिनभित्र स्पष्टीकरण दिन एमालेले पठायो पत्र


4.7k
Shares

काठमाडौं । नेकपा (एमाले)ले पार्टी केन्द्रीय भवन दानमा स्वीकार्ने निर्णयविपरीत बोल्ने पूर्वउपाध्यक्ष भीम रावल, स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमिल्सिनालाई स्पष्टीकरणपत्र पठाएको छ ।

महासचिव शंकर पोखरेलले ७ दिनभित्र लिखित जवाफ पेश गर्न स्पष्टीकरण पत्र पठाएका हुन् । आइतबार साँझ बसेको सचिवालय बैठकले पूर्वउपाध्यक्ष रावल, पाण्डे र तिमिल्सिनासँग स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

‘विधानको धारा ८१ बमोजिमको कारबाही किन गर्नु नपर्ने हो ? सोको आधार र कारण सहित सात (७) दिनभित्र स्पष्टीकरण पेश गर्न अनुरोध छ’, स्पष्टीकरण पत्रमा भनिएको छ ।

पाण्डे र तिमिल्सिनाले व्यवसायी मीनबहादुर गुरुङबाट दानमा केन्द्रीय कार्यालय स्वीकार्ने पार्टी निर्णयप्रति विमति जनाएका थिए । पूर्वउपाध्यक्ष रावललाई भने यो निर्णय विपरीत बोल्ने मात्र नभएर विगत लामो समयदेखि अलग गतिविधि गरेको आरोप लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्