Logo
Logo

काठमाडौं महानगरले माग्यो डाक्टरदेखि कार्यालय सहयोगीसम्म १०८ जना


504
Shares

काठमाडौं । काठमाडौँ महानगरपालिकाले स्वास्थ्य तर्फका विभिन्न पदमा एक सय ८ जना कर्मचारी माग गरेको छ ।
महानगरपालिकाले आज सूचना जारी गर्दै आफू मातहतको स्वास्थ्य विभाग अन्तर्गत रहेका सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रहरुमा करार सेवामा कामकाज गर्नको लागि जनशक्ति माग गरेको हो ।

लोकसेवा आयोगबाट सिफारिस वा अन्यत्रबाट स्थायी प्रकृतिको कर्मचारी सरुवा भइ नआएसम्म यस आर्थिक वर्षको असार मसान्तसम्मको लागि कर्मचारी माग गरिएको सूचनामा उल्लेख छ ।

महानगरले आठौँ तहको मेडिकल अधिकृत (डाक्टर) ४, पाँचौँ तहको ल्याब टेक्निसियन २९, फिजियोथेरापी असिस्टेन्ट ३२, स्टाफ नर्स ५, फार्मेसी सहायक १०, रोडियोग्राफर १, तथ्यांक सहायक १ र कार्यालय सहयोगी २६ जना गरी एक सय आठ जना कर्मचारी माग गरेको हो ।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन दिन सक्ने महानगरले जनाएको छ । अनलाइन प्रणालीमार्फत् पनि दरखास्त दिन सकिने सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्