Logo
Logo

सहकारीपीडितको आरोप- रास्वपाका नेता-कार्यकर्ताले घरघरमा आएर धम्क्याए


4.2k
Shares

सहकारी पीडित

काठमाडौं । कास्कीको सूर्यदर्शनसहितका सहकारीपीडितले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता र कार्यकर्ताहरूले घरघरर पुगेर आफूहरूलाई धम्क्याएको आरोप लगाएका छन् ।

सूर्यदर्शन सहकारीपीडित संघर्ष तथा तदर्थ समिति र सहकारीपीडित संघ कास्कीले बुधबार विज्ञप्ति जारी गर्दै रास्वपाका नेता तथा कार्यकर्ताले पीडितहरुको घरघरमा पुगेर धम्क्याउने र अनुसन्धान प्रभावमा पार्ने प्रयत्न गरेको आरोप लगाएका हुन्।

पीडितहरूले १० महिनाअघि नै पार्टी सभापति रवि लामिछानेविरुद्ध किटानी जाहेरी पर्दा के हेरेर बसेका थियौ भन्ने पनि रास्वपासँग प्रश्न गरेका छन् । अहिले पोखराका चोकचोकमा गरिएका आन्दोलन सहकारीपीडितविरुद्ध भएको पनि विज्ञप्तिमा उल्लेख गरेछ ।

पीडितहरूले आफ्ना पक्षमा उभिन र बिहीबार पोखराको मुस्ताङचोकमा आयोजना हुने विरोध ¥यालीमा सहभागी हुन नागरिक समाज र राजनीतिक पार्टीसँग अनुरोध पनि गरेका छन् । पूर्वगृहमन्त्रीसमेत रहेका अफ्ना पार्टी सभापति रविलाई फसाइएको भन्दै रास्वपाले आज पनि पोखरामा विरोध प्रदर्शन गर्दै आइरहेको छ ।

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरण अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले लामिछानेलाई यही कात्तिक ३ गते पक्राउ गरेको थियो । काठमाडौंबाट पक्राउ परेका लामिछाने हाल कास्की प्रहरीको हिरासतमा छन् ।

प्रतिक्रिया दिनुहोस्