Logo
Logo

आज पनि बढ्यो सुनचाँदीको मूल्य


378
Shares

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ । हिजो मंगलबारको तुलनामा आज छापावाल सुनको मूल्य तोलामा ८०० रुपैयाँ बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।

यससँगै स्थानीय बजारमा सुनको मूल्य तोलामा १ लाख ६६ हजार ७०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि मंगलबार सुनको मूल्य तोलामा १ लाख ६५ हजार ९०० रुपैयाँ कायम भएको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । मंगलबार प्रतितोला २ हजार १०० रुपैयाँ कायम भएको चाँदी बढेर आज २ हजार १३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्