Logo
Logo

प्रि-ओपन सेसनमा नेप्से ९.३९ अंकले बढ्यो


315
Shares

काठमाडौं । आज (बुधबार) प्रि–ओपन सेसनमा नेप्से परिसूचक ९.३९ अंकले बढेको छ । साताको चौथो कारोबार दिन आज प्री–ओपन सेसनमा नेप्से परिसूचक ९.३९ अंकले बढेर २६७५.२० विन्दुमा पुगेर बन्द भएको हो ।

यो समयमा ५५ स्क्रिप्सको ३५ हजार ७७२ कित्ता सेयर १ करोड ६३ लाख ८८ लाख ६४ रुपैयाँमा खरिदबिक्री भएका छन्। कारोबारमा आएकामध्ये ३३ स्टक्सको मूल्य बढ्दा १८ वटाको घटेको छ भने बाँकी ३ स्टक्सको मूल्य यो समयमा स्थिर रहेको छ ।

अघिल्लो कारोबार दिन मंगलबार नेप्से परिसूचक २५.८८ विन्दुले बढेर २६६५.८१ अंकमा पुगेको थियो । सो दिन ४ अर्ब १७ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्