Logo
Logo

रास्वपा लक्षित विश्वप्रकाश भन्छन्- सडकमा विलापको जगहँसाई नगरौँ


441
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय छानबिन समिति र संसदको अपमान गरेको टिप्पणी गरेका छन् । महामन्त्री शर्माले सामाजिक सञ्जालमार्फत सो टिप्पणी गर्दै रास्वपालाई सडकमा विलाप नगर्न समेत सुझाव दिएका छन् ।

उनले भनेका छन्, ‘कांग्रेसका दुई–चार, एमालेका दुई–चार, माओवादी, राप्रपा र रास्वपाका दुई–चार मान्छे सहकारी ठगीमा जेल पर्ने भए भनेर रुवावासी नगरौं । अनुसन्धानलाई सघाऔं, अदालतको फैसला कुरौं । सडक विलापको जगहँसाई नगरौं ।’

गत शुक्रबार रास्वपा सभापति रवि लामिछाने पक्राउ परेपछि रास्वपाले राजनीतिक प्रतिशोध भन्दै पोखरामा विरोध प्रदर्शन गर्दै आएको छ । त्यसतर्फ लक्षित गर्दैै शर्माले भनेका छन्, ‘रास्वपाकै प्रतिनिधिले पनि हस्ताक्षर गरेको प्रतिवेदन भन्छ, ‘प्रचलित कानुन बमोजिम कार्वाही गर्नु’ तर प्रक्रिया शुरुभएपछि– ‘राजनैतिक प्रतिशोध’ भन्नु संसदीय समिति र संसदकै अपमान होइन र ?

उनले रास्वपाको प्रदर्शनलाई न्यायालय प्रभावित गर्ने ‘भ्रम–प्रयास वैकल्पिक राजनीति ? कि विधि उपर समेतको ठगी ?’ भन्दै प्रश्न गरेका छन् । पार्टीका अन्धभक्तहरुले दल सुधार्न र देश बनाउन नसक्ने उनले उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्