Logo
Logo

तीन महिनामा ग्लोबल आइएमई बैंकको नाफा २३.३६ प्रतिशत बढ्यो


378
Shares

काठमाडौं । चालु आर्थिक वर्षको तीन महिनामा ग्लोबल आइएमई बैंकको नाफा २३.३६ प्रतिशतले बढेर १ अर्ब ५१ करोड २१ लाख ४० हजार रुपैयाँ पुगेको छ ।

गत आवको सोही अवधिमा बैंकको नाफा १ अर्ब २२ करोड ५७ लाख ५४ रुपैयाँ रहेक थियो । असोज मसान्तसम्म बैंकको वितरणयोग्य नाफा १ अर्ब ९१ करोड ६१ लाख रुपैयाँ पुगेको छ ।

बैंकको खुद ब्याज आम्दानी १४.२२ प्रतिशतले घटेर ४ अर्ब ११ करोड ८९ लाख ७१ हजार रुपैयाँ रहेको छ । यस्तै संचालन नाफा १९.४० प्रतिशतले बढेर २ अर्ब १४ करोड ७४ लाख ९५ हजार रुपैयाँ पुगेको छ ।

बैंकको चुक्ता पुँजी ३६ अर्ब १२ करोड ८७ लाख रुपैयाँ रहेको छ । जगेडा तथा कोषमा २६ अर्ब ८० करोड ९० लाख रुपैयाँ राखेको छ । बैंकको निक्षेप संकलन ५.२३ प्रतिशतले बढेर ५ खर्ब १२ अर्ब ९४ करोड ५ लाख रुपैयाँ पुगेको छ ।

कर्जा लगानी ७.५५ प्रतिशतले बढेर ३ खर्ब ९७ अर्ब ३५ करोड ८७ लाख १४ हजार रुपैयाँ रहेको छ । बैंकको खराब कर्जा ४.६७ प्रतिशत पुगेको छ।

प्रतिक्रिया दिनुहोस्