Logo
Logo

राष्ट्रिय मुद्दामा एक ढिक्का भएर प्रस्तुत हुने सत्ता गठबन्धनको निर्णय


1k
Shares

काठमाडौं । सत्तारुढ गठबन्धन दलहरुले राष्ट्रिय मुद्दामा एकसाथ भएर अघि बढ्ने निर्णय गरेका छन् । आज बिहान बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले समसामयिक घटनाक्रम र राष्ट्रिय हित एवं मुद्दामा समान धारणाका साथ एक ढिक्का भएर अघि बढ्ने निर्णय गरेको हो ।

बैठटकपछि सञ्चारकर्मीसँग बोल्दै एमालेका महासचिव शंकर पोखरेलले सत्ता समीकरणमा रहेका दलहरु एकता र एक ढिक्का भएर प्रस्तुत हुनुपर्ने निर्णय भएको जानकारी दिए । उनले लोकतान्त्रिक पद्धति, मूूल्य र मान्यताप्रति आफूहरू प्रतिबद्ध रहेको स्पष्ट गर्दै राष्ट्रिय सद्भाव र हितको रक्षाका प्रश्नमा कुनै सम्झौता नहुने बताए ।

सरकारको हालसम्मको काम र आगामी योजनालगायत विषयमा कात्तिक ९ गते शुक्रबार दिउँसो ३ बजे अर्काे बैठक गरी साझा धारणा सार्वजनिक गर्ने पनि आजको बैठकबाट तय भएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्