Logo
Logo

जग्गादान खारेजीको माग गर्दै सर्वोच्चमा रिट दायर


1.3k
Shares

काठमाडौं । भाटभटेनीमा मालिक मीनबहादुर गुरुङले नेकपा एमालेलाई केन्द्रीय कार्यालय भवन बनाउन दिएको जग्गादान प्रकरण सर्वोच्च अदालत पुगेको छ ।

पदमा बसेर दानका रुपमा गरिएको यति ठूलो लेनदेन सरासर भ्रष्टाचार भएको भन्दै ज्ञानकुमार बस्नेतले उक्त जग्गादान खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । उक्त रिटमा सुनुवाइका लागि भोलि पेसी तोकिएको छ ।

यसअघि सर्वोच्च अदालत प्रशासनले रिट दर्ता गर्न मानेको थिएन । अदालतले गरेको दरपीठ न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले बदर गरिदिएको हो ।

इजलासबाट उक्त रिट सार्वजनिक सरोकारको भएकाले दर्ता गर्न आदेश भएपछि अब यो विषय अदालती बहसको विषय बनेको छ ।

भाटभटेनीका मालिक गुरुङले गत असोज २५ गते काठमाडौंको कीर्तिपुर–२, मैत्रीनगरमा नेकपा एमालेलाई केन्द्रीय कार्यालय भवन बनाउन १० रोपनी १४ आना जग्गा दानमा दिएको घोषणा गरेका थिए । त्यही दिन एमाले अध्यक्ष केपी शर्मा ओली र गुरुङ दम्पतीले भवनको शिलान्यास समेत गरेका थिए ।

अर्को वर्ष दसैँको घटस्थापनामा कार्यालय उद्घाटन समेत गर्न मिल्ने गरी भवनसमेत आफ्नै पैसाले बनाइदिने घोषणा गुरुङले गरेका छन्। । हालको प्रचलित बजार मूल्यअनुसार उक्त जग्गाको मोल ७० करोड हाराहारी हुन्छ ।

प्रतिक्रिया दिनुहोस्