Logo
Logo

प्रचण्डसहित विपक्षी दलका शीर्ष नेता राष्ट्रपतिलाई भेट्न शीतल निवासमा


16.5k
Shares

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति निवास शीतल निवास पुगेका छन् ।

स्रोतका अनुसार देशको पछिल्लो राजनीतिक अवस्था, सरकार गठन भएको सय दिन लगायत समसामयिक विषयमा छलफल गर्न प्रचण्डसहित विपक्षी दलहरू राष्ट्रपतिलाई भेट्न पुगेका हुन् ।

राष्ट्रपतिका राजनीतिक सल्लाहकार सुनिल पोखरेलले विपक्षी दलहरूको आग्रह अनुसार राष्ट्रपति पौडेलसँग भेट हुन लागेको जानकारी दिए । यसअघि सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर विपक्षी दलहरूले १३ बुँदे ज्ञापनपत्र बुझाएका थिए ।

प्रतिक्रिया दिनुहोस्