काठमाडौं, १२ जेठ ।
प्रधानमन्त्री केपी शर्मा अोलीले आज राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन् । भारतसँगको सीमा विवाद तथा कोरोना भाइरसले निम्ताएको संकटबारे उनले सम्बोधन गर्न लागेका हुन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार पाँच बजे मन्त्रिपरिषद्को बैठक बस्दै छ । बैठक लगत्तै बालुवाटारबाट सम्बोधन गर्ने कार्यक्रम छ ।