Logo
Logo

लुम्बिनीमा मन्त्रीपरिषद् पुनर्गठन, जन्मजय, देवकरण र आदेश बने मन्त्री


1.2k
Shares

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मन्त्रीपरिषद् पुनर्गठन गरेका छन् । मुख्यमन्त्री आचार्यले मन्त्रीपरिषद् पुनर्गठन गरेको बारेमा प्रदेश प्रमुखलाई जानकारी दिँदै तीनजना नयाँ मन्त्री सिफारिस गरेका छन् ।

मुख्यमन्त्री आचार्यले नेपाली कांग्रेसको तर्फबाट जन्मजय तिमिल्सिना र देवकरण कलवार तथा जनता समाजवादी पार्टिबाट आदेशकुमार अग्रवाललाई मन्त्रीको रुपमा सिफारिस गरेका छन् ।

तिमिल्सिनालाई सामाजिक विकास, कांग्रेसकै कलवारलाई वन तथा वातावरण मन्त्रालय र अग्रवाललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

नवनियुक्त मन्त्रीहरुको बिहीबार बिहान ८ बजे प्रदेश प्रमूखको कार्यालय बुटवलमा शपथको लागि तयारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्