Logo
Logo

तिहार र छठमा काठमाडौंमा प्लास्टिकका फूलमाला बेच्न प्रतिबन्ध


378
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले प्लाष्टिकका फूलमालामा प्रतिबन्ध लगाएको छ । महानगरले आज एक सूचना जारी गर्दै नजिकिँदै गरेको तिहारलाई लक्षित गरी प्लाष्टिकका फूलगुच्छा र माला बिक्री, वितरण र ओसारपसार तथा प्रयोगमा प्रतिबन्ध लगाएको जानकारी दिएको हो ।

‘काठमाडौं महानगरपालिको आव २०८१ ८२ को वार्षिक नीति तथा कार्यक्रममा एकल प्रयोगको प्लाष्टिक, प्लाष्टिकको फूल गुच्छा, माला बिक्री, वितरण, भण्डारण, ओसारपसार र प्रयोग तथा ४० माइक्रोन भन्दा पातलो झोलाको बिक्री, वितरण, ओसारपसार र प्रयोगमा प्रतिबन्ध लगाइएको छ’, जारी सूचनामा भनिएको छ ।

अनुगमनका क्रममा यस्ता सामग्रीको बिक्रीवितण वा प्रयोग भएको पाइए वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ बमोजिम कारबाही गर्ने महानगरले चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्