Logo
Logo

म्याद थप्न रवि र छविलाई अदालत उपस्थित गराइयो


567
Shares

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछाने र पूर्वडिआईजी छविलाल जोशीलाई म्याद थपको लागि कास्की जिल्ला अदालत लगिएको छ ।

लामिछाने र जोशीसँगको बयान नसकिएकोले हिरासतमै राखेर अनुसन्धान गर्न थप म्याद माग्न प्रहरीले उनीहरुलाई अदालत उपस्थित गराएको हो । जिल्ला सरकारी वकिल कार्यालय कास्कीकी प्रमुख कमला काफ्लेको कार्यकक्षमा बुधबार रविको बयान लिइएको थियो ।

बयान नसकिएकाले लामिछानेलाई म्याद थपका लागि आज अदालतमा पेस गरिएको कास्की प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए । अनुसन्धानको क्रममा लामिछानेविरुद्धका प्रमाण जुटाउने, कागजात मगाउने कार्य भइरहेको छ ।

लामिछानेलाई प्रहरीले कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरेको हो भने छविलाल गत असोज ६ गते पक्राउ परेका थिए । उनीहरुमाथि अनुसन्धानका लागि थपिएको म्याद आज सकिएकाले प्रहरीले एकसाथ अदालतमा उपस्थित गराएको हो ।

प्रतिक्रिया दिनुहोस्