Logo
Logo

निरन्तर बढिरहेको सुन आज प्रतितोला सात सय घट्यो


378
Shares

काठमाडौं । नेपाली बजारमा केही दिन यता लगातार बढेर हरेक दिन जसो नयाँ रेकर्ड बनाएको सुनको मूल्य आज (बिहीबार) भने घटेको छ ।

आज सात सय रुपैयाँ घटेर सुनको मूल्य प्रतितोला १ लाख ६०० हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायि महासंघले जनाएको छ । बुधबार सुन प्रतितोला एक लाख ६६ हजार ७०० रुपैयाँमा कारोबार भएर हालसम्मकै उच्च मूल्य पुगेको थियो ।

आज चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले घटेको छ । बुधबार तोलाको २१३५ रुपैयाँमा कारोबार भएको चाँदी बिहिबार २०९५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्