Logo
Logo

नेपाली सेनाले मनायो यूएन दिवस (तस्वीरहरू)


819
Shares

काठमाडौं । नेपाली सेनाले काठमाडौँस्थित मुख्यालयमा विशेष कार्यक्रम आयोजना गरी संयुक्त राष्ट्र संघ (यूएन) को स्थपना दिवस मनाएको छ । जंगी अड्डामा बिहीबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा विशेष समारोह आयोजना गरेर सेनाले यूएन दिवस मनाएको हो ।

समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विश्वमा शान्ति स्थापना र विपद व्यवस्थापनमा संयुक्त राष्ट्र संघले गरेको पहल र त्यसमा नेपाली सेनाले पु¥याएको योगदानको प्रशंसा गरे ।

कार्यक्रममा नेपाली सेनाले मार्चपास गर्नुका साथै विभिन्न सांस्कृतिक झाँकी प्रस्तुत गरेको थियो । कार्यक्रम स्थलमा नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टिसमेत गराइएको थियो । सन् १९४५ अक्टोबर २४ मा यूएनको स्थापना भएको हो ।

प्रतिक्रिया दिनुहोस्