Logo
Logo

दल विभाजन ऐन सरकारको प्राथमिकतामा छैन : शेखर कोइराला


252
Shares

विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले वर्तमान सरकारले विकासमा तीव्रता दिनुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन मोरङ शाखाद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाटमा उनले मुलुकमा राजनीतिक स्थिरता कायम गर्न बनेको सरकारप्रति जनताको आशा र भरोसा रहेको उल्लेख गरे ।

उनले सरकारसँग कम समय भएकाले जनताका चासो र विकासमा तीव्रता दिनुपर्ने धारणा राखे । मुलुकका केही ठूला दलले प्रदेश संरचनालाई बलियो बनाउन नचाहेको उनको भनाइ थियो । नेता कोइरालाले मुलुकको समग्र विकासका लागि सङ्घीयता आवश्यक रहेको बताउँदै सङ्घीयतालाई बलियो बनाउन प्रदेशलाई अधिकार दिनुपर्ने धारणा राखे ।

दल विभाजन ऐन सरकारको प्राथमिकतामा नरहेको उनले स्पष्ट पारे । नेपालको परराष्ट्र नीतिमा एकरुपता हुनुपर्ने उनको धारणा थियो ।

प्रतिक्रिया दिनुहोस्