Logo
Logo

प्रत्येक प्रदेशमा एक-एक ट्वीनटर जहाज किन्नुपर्छ : पर्यटनमन्त्री


567
Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपालको हवाई सेवाको सुनिश्चितताको लागि नयाँ जहाज थप्नुपर्ने बताएका छन् ।

कार्यभार सम्हालेको एक सय दिन पूरा भएको अवसरमा बिहीबार मन्त्रालयको प्रगति विवरण सार्वजनिक गर्दै मन्त्री पाण्डेले जहाज थप्नुके विकल्प नभएको समेत बताए उनले प्रत्येक प्रदेशमा एक-एक ट्वीनटर जहाज किन्नुपर्ने बताए ।

यसबारे प्रदेशका पर्यटन मन्त्रीहरुसँगको छलफलमा प्रस्ताव राखेको समते बताउँदै उनले प्रत्येक प्रदेशले कम्तीमा एउटा जहाज किन्ने र आफ्नै प्रदेशको नाम राखेर चलाउने प्रस्ताव गरेको बताए । उनले भने, ‘त्यसो गरियो भने कुनै पनि विमानस्थलमा जहाज उडाउन समस्या हुन्न ।’

मन्त्री पाण्डेले न्यारोबडी र बाइडबडी जहाज कम हुँदा अन्तर्राष्ट्रिय उडान गर्न समस्या भइरहेको भन्दै ती जहाज थप्नुपर्ने बताए । उनले भने, ‘अहिले कोरियाको भाडा २ लाख छ, कोरियाबाट दिल्लीको भाडा ८० हजार रहेछ, हामीसँग जहाज नहुँदा यात्रुले महँगो तिर्नु परिरहेको छ ।’

तर, जहाजको अभावमात्रै कोरिया उडानको बाधक नभएको उनको भनाइ छ । उनले कोरियाले नेपालको हवाई सुरक्षासम्बन्धी सेफ्टी अडिट गर्न खोजेको तर नेपालले नमानेको बताए ।

मन्त्री पाण्डेले भने, ‘एउटा सार्वभौम देशको सेफ्टी अडिट अर्को देशले गर्न मिल्ने कि नमिल्ने भन्ने सानो विवाद छ, त्योभन्दा ठुलो समस्या जहाज अभावको हो ।’ आफूलाई जहाज किन्नेतिर सोच्दै नसोच्न सुझाव आएपनि त्यसो गर्न सकिने अवस्था नरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्