Logo
Logo

सरकारप्रति जनताको आशा र भरोसा छ : शेखर


252
Shares

विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले वर्तमान सरकारले विकासमा तीव्रता दिनुपर्ने बताएका छन् ।

नेपाल प्रेस युनियन मोरङ शाखाले विराटनगरमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उनले मुलुकमा राजनीतिक स्थिरता कायम गर्न बनेको सरकारप्रति जनताको आशा र भरोसा रहेको जिकिर गरे ।

उनले सरकारसँग कम समय भएकाले जनताका चासो र विकासमा तीव्रता दिनुपर्ने धारणा राखे । मुलुकका केही ठूला दलले प्रदेश संरचनालाई बलियो बनाउन नचाहेको उनको भनाइ थियो ।

नेता कोइरालाले मुलुकको समग्र विकासका लागि संघीयता आवश्यक रहेको बताउँदै संघीयतालाई बलियो बनाउन प्रदेशलाई अधिकार दिनुपर्ने धारणा राखे ।

उनले दल विभाजन ऐन सरकारको प्राथमिकतामा नरहेको पनि बताए । अर्को प्रसंगमा उनले नेपालको परराष्ट्र नीतिमा एकरूपता हुनुपर्ने धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्