Logo
Logo

पोखरामा आज पनि रवि समर्थक र सहकारी पीडितको प्रदर्शन


441
Shares

कास्की । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ता र सहकारी पीडितले आज पनि पोखरामा प्रदर्शन गरेका छन् ।

सूर्यदर्शन सहकारीको बचत हिनामिना प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीको म्याद थप सम्बन्धी जिल्ला अदालत, कास्कीमा बहस जारी छ । अदालतमा बहस भइरहँदा रास्वपाका कार्यकर्ताले पनि प्रदर्शन गरिरहेका छन् ।

रवि लामिछाने समर्थन र सहकारी पीडितहरुले अदालत नजिकै छुट्टाछुट्टै प्रदर्शन गरेका छन् । पोखरास्थित अदालत नजिकै पर्ने वाई चोक आसपासका क्षेधका रास्वपा नेता कार्यकर्ताले प्रदर्शन गरिरहेका छन् भने सहकारी पीडितहरुले पनि मुस्ताङ चोकमा प्रदर्शन गरिरहेका छन् ।

दुई पक्षको प्रदर्शनबाट हुन सक्ने सम्भावित झडपलाई ध्यानमा राखेर बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ । रवि लामिछाने कात्तिक ६ र छवि असोज ६ मा काठमाडौँबाट पक्राउ परेका थिए ।

आज दुवैजनाको म्याद थप्ने तयारी गरिएको छ । यसअघि रविमाछि अनुसन्धान गर्न प्रहरीलाई दिएको ६ दिनको म्याद आज सकिएपछि समय थप्न अदालतमा उपस्थित गराइएको हो ।

प्रतिक्रिया दिनुहोस्