Logo
Logo

दुई बालिका बलात्कार आरोपमा सशस्त्रका २ हवल्दार पक्राउ


1.6k
Shares

काठमाडौं । बालिका बलात्कारको आरोपमा दाङमा सशस्त्र प्रहरीका दुई हवल्दार पक्राउ परेका छन् । पक्राउ पर्नेमा २९ न. ज्वालामाई गणमा कार्यरत सहायक हवल्दार भरत रोका मगर र रेवन पचभैया मगर रहेका छन् ।

गत असोज २४ गते पिङ खेल्न आएका ८ वर्षीया र १४ वर्षीया बालिकालाई सशस्त्रको कार्यालय बाहिर पिङ हालेको स्थानमा लगेर बलात्कार गरेको अनुसन्धानमा खुलेपछि उनीहरुलाई पक्राउ गरिएको हो ।

बलात्कारको आरोप लागेका दुबैजनालाई पक्राउ गरी नेपाल प्रहरीलाई बुझाइसकेको सशस्त्रका सह प्रवक्ता शैलेन्द्र थापाले बताए । उनले घटनाबारे थप अनुसन्धान सुरु भएको पनि जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्