Logo
Logo

‘ठगको सल्लाहकार राष्ट्रपतिको सल्लाहकारमा विराजमान हुनु राष्ट्रकै निम्ति लज्जास्पद’


1.2k
Shares

काठमाडौं । सहकारी ठगी सम्बन्धी छानबिनका लागि बनेको संसदीय समितिका संयोजक सांसद सूर्य थापाले जीवी राईका कानूनी सल्लाहकार राष्ट्रपतिको सल्लाहकार पंक्तिमा विराजमान देखिनु राष्ट्रकै निम्ति लज्जास्पद दृश्य भएको टिप्पणी गरेका छन् ।

बिहीबार सामाजिक सञ्जाल सभापति थापाले लेखेका छन्, ‘सहकारी ठग जीबी राईको कानुनी सल्लाहकार रहेको व्यक्ति सम्माननीय राष्ट्रपतिको सल्लाहकार पंक्तिमा विराजमान देखिनु भनेको राष्ट्रकै निम्ति एउट लज्जास्पद दृश्य हो।’

राष्ट्रपतिका कानूनी सल्लाहकार रहेका बाबुराम कुँवर सहकारी ठगीमा आरोपित जीवी राईको कोर टीममामा थिए । थापाले रवी, छवि, जीबी र रम्तेलमाथिको छानविनमा अबरोध वा अन्याथा आग्रहको अर्थ पनि नहुने उल्लेख गरेका छन् ।

उनले लेखेका छन्, ‘अहिले रवी, छवि, रम्तेल र जिबी राईमाथि प्रचलित कानुनबमोजिम कारबाहीको सिफारिसअन्तर्गत अनुसन्धान गर्ने निकायले छवि र रवीलाई करिब एक महिनाको अन्तरालमा पक्राउ गरी प्रहरी हिरासतमा राखेर अदालतको अनुमतिमा अनुसन्धान चलिरहेको छ। यसलाई विषयान्तर गर्ने जोकोहीको कोसिस र नियत छर्लङ्ग छ ।’

प्रतिक्रिया दिनुहोस्